गायिका उमादेवीको मौलिक तिज गीत 'वेदना' (भिडियो सहित)

Posted on: August 09, 2020
साउन, काठमाडौं । 

गायिका उमादेवी खनालको मौलिक तिज गीत सार्वजनिक गरिएको छ । 'वेदना' बोलको गीतमा महिलाले भोग्नुपरेको पिडालाई समेटिएको छ । गीतमा उमादेवीकै शब्द तथा संगीत रहेको छ । आजभन्दा दशक अघिको शैलीमा बनाइएको गीत सुन्दा मिठास लाग्छ । 

गीतको भिडियोमा गायिका राशी रिजालले उमादेवीलाई गायनमा साथ दिएको देखिन्छ । साथै अन्य साथीहरुलाई पनि देख्न सकिन्छ । दीपेन्द्र थापाले खिचेको भिडियोमा निर्देशन सतिश राईको रहेको छ । भिडियोको सम्पादन पनि सतिशले नै गरेका हुन् । गायिका उमादेवीले यस अघि पनि थुप्रै लोक गीत गाएकी छिन् । उमादेवीको स्थायी घर नवलपरासी पुर्व (नवलपुर)को कावासोती हो । बिशेषगरी मोफसलमा हुने स्टेज कार्यक्रममा ब्यस्त हुने गायिकामा चिनिने गर्छिन् ।




Artist Khabar Media Pvt. Ltd.
Gongabu, Kathmandu
+977-9849953656, 9803082553,01-4387307
[email protected]