रचनाको 'पर्खेर बसुँ'ले माया बटुल्दै (भिडियो)

Posted on: August 11, 2020
साउन, काठमाडौ । 

नेपाल आइडलबाट चर्चामा आएकी गायिका रचना रिमालको ‘पर्खेर बसुँ’ बोलको गीतको भिडियो सार्वजनिक भएसँगै सकारात्मक प्रतिक्रिया पाइरहेको छ । पुष्पा गिरीको शब्द तथा बल के न्यौपानेको कम्पोज रहेको गीतको भिडियोमा बरुन लिम्बु र बेबो आचार्यको अभिनय रहेको छ । चारदिन अघि सार्वजनिक उक्त युट्युवमा ह्वात्तै भ्यु नगएपनि आएका प्रतिक्रियाबाट निर्माण टिम खुसी देखिन्छ । विशाल अर्यालको निर्देशनमा बनेको गीतको भिडियोलाई अमृत सुनुवारले खिचेका हुन् भने माधव बेलबासेले सम्पादन गरेका हुन् ।

वैदेशिक रोजगारीमा श्रीमान् गए पछि स्वदेशमा महिलाले भोग्नु पर्ने दुव्र्यवहारलाई उजागर गर्न खोजिएको छ। दुर्गा धिमालको निर्माणमा बनेको गीताके भिडियोलाई दर्शकहरुले सकारात्मक प्रतिक्रिया दिएका छन् ।




Artist Khabar Media Pvt. Ltd.
Gongabu, Kathmandu
+977-9849953656, 9803082553,01-4387307
[email protected]