दुर्गेश थापालाई सुरताल नभएको गायक भन्नेलाई गीतैबाट दिए जवाफ (भिडियो)

Posted on: August 20, 2020
भदौ, काठमाडौं ।

मोडल तथा गायक दुर्गेश थापाले एक टेलिभिजन अन्तर्वार्तामा बेसुरा गीत गाएपछि गालि खाए । थुप्रै दर्शक तथा गीतसंगीतकै सर्जकले नकारात्मक प्रतिक्रिया जनाउन थाले । उनले त्यसपछि सामाजिक सञ्जाल तथा कुनैपनि मिडियामा प्रतिक्रिया जनाएनन् । अहिले उनले सबै प्रश्नका उत्तर एउटै गीतमार्फत दिएका छन् । उनले गीतमार्फत भनेका छन्, ‘होहो माले भन्ने मान्छे गायक भो बबाल, नगर सवाल ।’

दुर्गेशले गाएको आलु जस्तो गायक बोलको गीतमा बसन्त थापाको शब्द तथा संगीत छ । कृष्ण बिकले एरेन्ज गरेको उक्त गीतको भिडियोमा दुर्गेश सँगै नायक पल शाह र पुष्प खड्काले नृत्यु गरेका छन् । यस्तै भिडियोमा सारिका केसीले अभिनय गरेकी छिन् । भिडियोमा कलर तथा सम्पादन मिलन बिश्वकर्माको रहेको छ । अर्जुन तिवारीले खिचेको भिडियो शिव बि.कले निर्देशन गरेका छन् । 





Artist Khabar Media Pvt. Ltd.
Gongabu, Kathmandu
+977-9849953656, 9803082553,01-4387307
[email protected]