नरेश रेग्मीको गीतमा पुष्प र एलिजाको जोडी (भिडियो)

Posted on: August 31, 2020
भदौ, काठमाडौं । 

गायक नरेश रेग्मीको नयाँ गीत म सास बन्न सक्छु सार्वजनिक गरिएको छ । चार दिन अघि सार्वजनिक यो गीत छोटो समयमा लोकप्रिय बन्दै गइरहेको छ । बिशेषगरी गीतको भिडियोको मेकिंगमा खर्च र मिहिनत गरेको देखिन्छ । भिडियोमा नायक पुष्प खड्का र नायिका एलिजा गौतमको अभिनय रहेको छ । 

गीतमा शब्द तथा संगीत भने बसन्त सापकोटाको रहेको छ । गीतमा सन्जिव बराइलीको संगीत संयोजन रहेको छ । यस्तै गीतको भिडियो भने शिव बि.क.ले निर्देशन गरेका हुन् । 




Artist Khabar Media Pvt. Ltd.
Gongabu, Kathmandu
+977-9849953656, 9803082553,01-4387307
[email protected]