प्रमिला राई र प्रताप दासको नयाँ गीत 'रुप मेरो'

Posted on: September 25, 2020
असोज, काठमाडौं । 

गायिका प्रमिला राईको स्वरमा नयाँ गीत सार्वजनिक गरिएको छ । रुप मेरो बोलको गीतमा संजिव सिंहको लय तथा शब्द रहेको छ । गीतको भिडियोमा पनि प्रमिला र प्रताप आफैले अभिनय गरेका छन् । 

प्रमिलाले झण्डै एकबर्ष पछि नयाँ गीत सार्वजनिक गरेकी हुन् । उनले एकबर्ष अघि सार्वजनिक गरेको जाउँ न बोलको गीत लोकप्रिय छ । बिबिध कारणले गीत सार्वजनिक गर्न नसकेको र अहिले रुप मेरो गीत सार्वजनिक गरेको प्रमिलाले जानकारी दिइन् । यस अघिका गीतहरु दर्शक तथा स्रोताले मन पराइदिनु भएको छ । आशा छ यो गीतलाई पनि उत्तिकै माया गरिदिनुहुनेछ । प्रमिलाले आर्टिष्ट खबरसँग भनिन् । भिडियो प्रविन राईले तयार पारेका हुन् । 




Artist Khabar Media Pvt. Ltd.
Gongabu, Kathmandu
+977-9849953656, 9803082553,01-4387307
[email protected]