
असोज, काठमाडौं ।
गायक टंक बुढाथोकी र गायिका मेलिना राईको स्वरमा रहेको नयाँ गीत कसरी कसरी ३ नेपाली युट्युव ट्रेन्डिंगको उत्कृष्ट पाँचमा पर्न सफल भएको छ । सुपरहिट सिरिज गीत कसरी कसरीको तेस्रो संस्करणको रुपमा सार्वजनिक गरिएको यस गीतमा पनि लय, शब्द, सगीत टंककै रहेको छ ।
हिजो (बिहीबार) नेपाली युट्युवको पाँचौं ट्रेन्डिंगमा आइपुगेको यो गीत आज भने छैठौं स्थानमा छ । गीतको भिडियो कबिराज गहतराजको निर्देशनमा बनेको हो । भिडियोमा बाल गायक ए.आर बुढाथोकी संगै, बाल कलाकार आयुश गौतम, अन्शु गुरागाईको नृत्य देख्न सकिन्छ । सुदिप बरालले खिचेको भिडियोलाई अर्जुन जिसीले सम्पादन गरेका हुन् ।
कसरी कसरीको हरेक सिरिजलाई दर्शकले उत्तिकै माया गरिदिएकोमा टंकले धन्यवाद ब्यक्त गरेका छन् । टंकको यस गीतका अघिल्ला सिरिज करोडौं दर्शकले हेरेका छन् ।
आर्टिष्ट खबर/ जेठ, काठमाडौं । नेपाली चलचित्र ‘कबड्डी–४’ आज (शुक्
May 27, 2022
आर्टिष्ट खबर/ जेठ, काठमाडौं । नयाँ गीत ,‘बाचा कसम’ सार्वजनिक गरिएको छ
May 27, 2022
Artistkhabar.com © 2022. All Rights Reserved
Share your thoughts: