अलिसा शर्मा बनिन् 'कोलम्बसकी कान्छी' (भिडियो)

Posted on: October 16, 2020
आर्टिष्ट खबर/ असोज, काठमाडौं । 

लामो समयदेखी शिक्षा क्षेत्रमा सक्रिय ऐजुकेसन एण्ड माइग्रेसन कर्नरले अब आफ्नो सहभागिता नेपाली चलचित्र र गीत संगीत क्षेत्रमा पनि जनाउने भएको छ ।  यसै क्रममा यो संस्थाको प्रस्तुति र सुनील उप्रेतीको निर्माणमा ‘कोलम्बस की कान्छी’ बोलको गीतको भिडियो बजारमा आएको छ। 

गीतलाई ओम सुनारले गाएका हुन भने संगीत  पनि उनकै रहेको छ । गीतको रचना तारा फूयांलले गरेका हुन् ।  मौसम हिमालीको निर्देशन रहेको यो भिडियोमा चर्चित नृत्यांगना अलिशा शर्मा र टिकटक सेलिब्रिटी डिमोन क्षेत्रीले अभिनय गरेका छन । यो भिडियो नेप आर्ट डिजिटल यूटुब च्यानलबाट सार्वजनिक गरिएको हो । भिडियोको सम्पादन र छायांकन दिपेन बस्न्यातले गरेका हुन् ।




Artist Khabar Media Pvt. Ltd.
Gongabu, Kathmandu
+977-9849953656, 9803082553,01-4387307
[email protected]