सुनिल र सरुको 'डिजिटल फोटो'मा बले कक्रोज (भिडियो)

Posted on: October 16, 2020
आर्टिष्ट खबर/ असोज, काठमाडौं । 

गायक सुनिल कटुवाल र गायिका सरु गौतमको स्वरमा नयाँ गीत ‘डिजिटल फोटो’ सार्वजनिक गरिएको छ । शुक्रबार साँझ सार्वजनिक उक्त गीतमा सागर लम्साल (बले) र हरिश निरौला (कक्रोज) सँगै गीता ढुंगाना र प्रतिभा कंडेलको मुख्य अभिनय रहेको छ ।

कुमार कटुवालको शब्द रहेको गीतमा दीपक शर्माको संगीत रहेको छ । गीतको भिडियो भने देवेन्द्र पाण्डेयले निर्देशन गरेका हुन् । यसअघि गायक सुनिल कटुवालले ‘मुखैमा रामराम बगलीमा छुरा’ सार्वजनिक गरेका थिए ।




Artist Khabar Media Pvt. Ltd.
Gongabu, Kathmandu
+977-9849953656, 9803082553,01-4387307
[email protected]