बिरु र संगीताको 'कस्की छोरी' सार्वजनिक (भिडियो)

Posted on: October 20, 2020
आर्टिष्ट खबर/ कात्तिक, काठमाडौं । 

गायक बिरु थापाको प्रस्तुतीमा 'कस्की छोरी' बोलको कौडा गीत सार्वजनिक गरिएको छ । गीतमा बिरुसँगै संगीता थापा मगरको स्वर रहेको छ । साथमा दिपेन्द्र आले मगर र बिना छन्त्यालको पनि स्वर रहेको छ । 

दीपेन्द्र आले मगरको शब्द तथा संगीतमा रहेको यस गीतमा बिनोद बाजुरालीको एरेन्ज रहेको छ भने खडक बाजुरालीले मिक्सिंग गरेका छन् । गीतको भिडियोमा आरुसी मगर र सबनम थापा मगर सहितको टिमको नृत्य छ । अजय रेग्मीले खिचेको भिडियो चित्र मास्की मगरले निर्देशन गरेका हुन् । 




Artist Khabar Media Pvt. Ltd.
Gongabu, Kathmandu
+977-9849953656, 9803082553,01-4387307
[email protected]