राजनको ‘मायालु तिमी मुटुमा छौ’मा बिष्णु माझिले लिइन् २ लाख (भिडियो)

Posted on: October 21, 2020
आर्टिष्ट खबर/ कात्तिक, काठमाडौं । 

नयाँ लोक तथा दोहोरी ‘मायालु तिमी मुटुमा छौं’ बोलको गीत सार्वजनिक गरिएको छ । राजन गुरुङ र बिष्णु माझिको स्वरमा रहेको उक्त गीत बुधबार सार्वजनिक गरिएको हो । लामो समयसम्म १ लाख पारिश्रमिकमा काम गर्दै आएकी गायिका माझिले यस गीतका लागी २ लाख पारिश्रमिक लिएकी छिन् । 

गीतका गायक राजन गुरुङले पछिल्लो समय गायिका माफिले आफ्नो पारिश्रमिक बढाएका कारण आफूहरुले २ लाख पारिश्रमिक तिरेको बताए । ‘बजारमा उहाँको अहिलेको पारिश्रमिक २ लाख रहेछ, हामीले पनि सोहि मुल्य तिरेर गीत गाउँन लगाएका हौं ।’ गायक गुरुङले भने । ‘बजारको माग र उहाँको स्वरको क्वालिटी अनुसार त्यो पारिश्रमिक हामीलाई मन्जुर छ ।’

बुधबार सार्वजनिक भएको ‘मायालु तिमी मुटुमा छौं’ गीतका संगीतकार बसन्त थापाले यस अघिको उनको सर्वाधिक हिट गीत ‘सालको पात टपरी हुनी’मा १ लाख पारिश्रमिक दिएको र अहिले भने दुईलाख तिरेको बताए । संगीतकार बसन्त भन्छन्, ‘त्यो समयमा उहाँको रेट १ लाख थियो अहिले दोब्बर भएको छ तै पनि उहाँलाई गीतको अफर आइरहेका छन् । सायद बजारमा उहाँको माग भएकै कारण गीत अफर भइरहेका छन् ।’ 

यसै गीतका एरेन्जर आशिष अभिरलले पनि बजारमा बिष्णु माझिका गीतको माग भएकै कारण उहाँको पारिश्रमिक बढेको तर्क राखे । ‘अन्य गायिकाले २ लाख माग्यो भने कसले दिने ? जसको गीत चलेका छन् । उसले डिमाण्ड गर्न मिल्छ । आज पनि उहाँलाई २ लाख तिर्न तयार छन् ।’ गायिका बिष्णु माफि अहिलेसम्म सार्वजनिक भएकी छैनिन् । उनको इन्टरनेटमा पनि एक तस्बिर भन्दा अन्य कुनैपनि सामाग्री उपलब्ध छैन । उनले आफू स्व इच्छाले सार्वजनिक नभएको बताउँदै आएकी छिन् ।

गीतको भिडियोमा गायक राजन गुरुङ, संगीतकार बसन्त थापासँगै रजनी गुरुङ र सुमित्रा तामाङले नृत्य गरेका छन् । सुनिल क्षेत्रीको निर्देशन रहेको यो गीत दुर्गा पौडेलले खिचेका हुन् भने नविन घर्ति मगरले सम्पादन गरेका हुन् ।  


Song Video: 


... . .. 

 



Artist Khabar Media Pvt. Ltd.
Gongabu, Kathmandu
+977-9849953656, 9803082553,01-4387307
[email protected]