आर्टिष्ट खबर/ कात्तिक, काठमाडौं ।
मगर भाषाको गीत ‘डिस्या र डी लख’ सार्वजनिक गरिएको छ । रित राना मगर र सन्तोष राना मगरको स्वरमा रहेको यस गीतमा डोलराज बाह्रघरे मगरको शब्द तथा संगीत रहेको छ ।
गीतको भिडियोमा मगर फिल्मका लोकप्रिय नायक रमेश बाबु थापा मगरसँगै रबिता थापा मगरको नृत्य रहेको छ । दुबै जनाको जोडी गज्जब देखिएको छ । यस्तै भिडियोमा आयारन आले मगर र हेम लामाको पनि अभिनय रहेको छ । बिपि फिल्म नेपालबाट निर्माण भएको यस गीतको भिडियो करन चैसिरले खिचेका हुन् भने प्रबिन भटट्ले सम्पादन गरेका हुन् । सरजन थापा मगरको कोरियोग्राफि तथा निर्देशन रहेको भिडियो हङकङमा रहेका निलम थापा मगर र जापानमा रहेकी इन्दिरा पिथाकोटी मगरले निर्माण गरेका हुन् । गीतमा सबटाइटल समेत राखिएको छ ।
आर्टिष्ट खबर/ माघ, काठमाडौं । नेपाली गीतसंगीतको क्षेत्रमा आफ्नो फरक प
January 18, 2021
आर्टिष्ट खबर/ माघ, काठमाडौं । गायक सुमन केसीको स्वरमा नयाँ गीत बिन्ती
January 17, 2021
Artistkhabar.com © 2017. All Rights Reserved
Share your thoughts: