प्रितमको स्वरमा नयाँ गीत सार्वजनिक (भिडियो)

Posted on: November 14, 2020
आर्टिष्ट खबर/ कात्तिक, काठमाडौं ।

सानै उमेरमा आफ्नो गायकीले धेरैको मन जित्न सफल प्रितम आचार्यको स्वरमा रहेको नयाँ गीत भिडियो सार्वजनिक गरिएको छ। ‘म पागल सरि’बोलको गीतमा शशि बिक्रम थापाको संगीत तथा प्रभाकर देव शर्माको शब्द रचना रहेको छ। लामो समय देखि नेपाली संगीतमा सक्रिय रहदै आएका संगीतकार शशि बिक्रम थापाले नै यस गीतमा संगीत संयोजन गरेका छन्।

अमेरिकामा छायाँकन गरिएको भिडियोलाई रुपेश उप्रेतीले निर्देशन तथा योगेन थापाले छायाँकन र सम्पादन गरेका छन् । एल.डि बास्तोलाले निर्माण गरेको भिडियोको ब्यबस्थापन तुला अधिकारीले गरेका छन् । सार्वजनिक भिडियोमा मुकेश अधिकारी,गोमा बास्तोला,निश्चल अधिकारी र लिजा बास्तोला फिचर्ड छन्। भिडियो हाम्रो आफ्नै टिभी नामक यु ट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ ।




Artist Khabar Media Pvt. Ltd.
Gongabu, Kathmandu
Editor:Gopi Krishna Chapagain
सूचना विभाग दर्ता नंः २६७४/०७७-०७८
Contact: +9779851279301
Email: [email protected]