पशुपति र मेलिनाको स्वरमा लोकगीत 'ए कान्छा'

Posted on: November 14, 2020
आर्टिष्ट खबर/ कात्तिक, काठमाडौं । 

गायक पशुपति भट्टराई र गायिका मेलिना राईको स्वरमा नयाँ लोक तथा दोहोरी गीत ‘ए कान्छा’ सार्वजनिक गरिएको छ । सुर्य नेपालीको शब्द तथा संगीत रहेको गीत सुनिल परियारले एरेन्ज गर्नुभएको हो । 

गोदावरीमा खिचिएको गीतको भिडियोमा चक्र बम र करिश्मा ढकालको नृत्य रहेको छ । अजय रेग्मीले खिचेको भिडियो मौसम हिमालीले खिच्नुभएको हो । भिडियोमा मनोज कार्कीको सम्पादन रहेको छ । भिडियो शुक्रबार राजधानीमा पत्रकार भेटघाट कार्यक्रम गरी सार्वजनिक गरियो । भिडियो शिव हमालको युट्युव च्यानलबाट अपलोड गरिएको छ । 

Press Meet:




Artist Khabar Media Pvt. Ltd.
Gongabu, Kathmandu
+977-9849953656, 9803082553,01-4387307
[email protected]