कल्पना दाहालको 'पछ्यौरी उनीको' गीत सार्वजनिक

Posted on: November 24, 2020
आर्टिष्ट खबर/ मंसिर, काठमाडौं । 

गायिका कल्पना दाहालको स्वरमा नयाँ गीत सार्वजनिक गरिएको छ । पछ्यौरी उनीको बोलको लोक गीतमा कल्पनासँगै दिपक ढकाल ,पार्बती कार्की र कल्पना दाहालको स्वर रहेको छ । गीतमा शब्द रेशम थापाको रहेको छ । गीतको एरेन्ज भने बिष्णु तमाङगको रहेको छ । मिक्सिङग कुमार राणाले गर्नुभएको छ ।  

गीतको भिडियोमा छायाँकन मरुभुमीको रहेको छ त्यसैगरी ड्रोन अप्रेटर प्रदिप ग्लान रहेका छन् । भिडियोमा अभिनय भने निरेन श्रेष्ठ” रिचा थापा” र सुमा लामिछानेको देख्न पईन्छ । भिडियोलाई निर्देशन तथा नृत्य निर्देशन निरेन श्रेष्ठको रहेको छ ।




Artist Khabar Media Pvt. Ltd.
Gongabu, Kathmandu
+977-9849953656, 9803082553,01-4387307
[email protected]