
आर्टिष्ट खबर/ मंसिर, काठमाडौं ।
गायक तथा संगीतकार टंक बुढाथोकी र बालगायक अशोक दर्जीको नयाँ गीत 'मन बिनाको धन ३' सार्वजनिक भएको २४ घण्टा भित्रमा नेपालको युट्युव ट्रेन्डिङमा प्रवेश गरेको छ । बिहीबार टंक बुढाथोकीकै युट्युवमार्फत सार्वजनिक उक्त गीत यो समाचार तयार पार्दासम्ममा युट्युव ट्रेन्डिङको २८ औं स्थानमा छ । यस्तै ५ लाख बढी भ्युज रहेको छ । गीतमा जातिय बिभेदको कुरा उठाइएको छ ।
यस अघिको मन बिनाको धन गीतको पहिलो र दोस्रो सिरिज अत्यधिक लोकप्रिय भएको सिरिज हो । बिशेषगरी बाल गायक अशोक दर्जीको स्वरमा रहेको पहिलो सिरिज अत्यधिक हिट भएको थियो । अशोक सामाजिक सञ्जालमा भाइरल भएपछिको पहिलो गीत मन बिनाको धन नै थियो । अहिले आधा दर्जन गीत गाइसकेका अशोक अभिनय पनि गर्न सक्ने भएका छन् ।
आर्टिष्ट खबर/ जेठ, काठमाडौं । आगामी जेठ १४ शनिबार काठमाडौंको दशर
May 24, 2022
Artistkhabar.com © 2022. All Rights Reserved
Share your thoughts: