कमलको ‘चौतारीमा बसेर’ गीत

Posted on: December 29, 2020
आर्टिष्ट खबर/ पुस, काठमाडौं । 

गायक तथा संगीतकार कमल खनालको स्वरमा रहेको ‘चौतारीमा बसेर’ बोलको गीतको लिरिकल भिडियो सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा गायक तथा संगीतकार कमलका ठूलोबुवा देवी ‘विरही’ खनालको शब्द तथा गायक कमलकै संगीत छ । गीतमा राहुल प्रधानको एरेन्ज, मिक्सिङ र मास्टरिङ छ ।

लिरिकल भिडियोमा प्रस्तुत गरिएका स्थिर दृश्यमा आयुषा खनालको आर्टवर्क छ । गीतमा रत्न विकको बाँसुरी, मनिष गन्धर्वको सारंगी, किरण तुलाधरको रेकर्डिङ छ । गायक कमलका अनुसार उहाँको ठूलोबुवाको २० वर्षमै निधन भएको थियो । ‘कलिलो उमेरमा पनि उहाँको साहित्यिक रचनाहरु विलक्षण किसिमका थिए । ५० बर्ष अगागि कोरेको ठूलोबुवाको शब्दलाई संगीतबद्ध गरेर गाउन पाउदा खुशी छु’, कमलले भन्नुभएको छ ।  

भिडियोको परिकल्पनाकार गायक तथा संगीतकार कमलले नै हुन् । भिडियोको निर्माण दिनसन शाहले गर्नुभएको हो । भिडियोलाई गायक कमलले आफ्नै युट्युब च्यानल कमल खनाल म्यूजिकलबाट सार्वजनिक गरिएको छ । 




Artist Khabar Media Pvt. Ltd.
Gongabu, Kathmandu
+977-9849953656, 9803082553,01-4387307
[email protected]