आर्टिष्ट खबर/ पुस, काठमाडौँ ।
लोकप्रिय लोकपप गायक सुनिल गिरी र गायिका मेलिना राईको स्वरमा रहेको नयाँ गीत 'दिउँला माया तिमीलाई'को भिडियो सार्वजनिक गरिएको छ । 'दिउँला माया तिमीलाई' सोल्टिनीको भाग २ हो ।
तनहुँको चर्चित पर्यटकीय स्थल मानहुँकोटमा छायांकन गरिएको भिडियोमा सुनिल र उर्मिला गुरुङको रोमान्टिक प्रेम कथालाई देखाइएको छ । बढ्दो चिसोमा सुनिल र उर्मिला स्पष्ट देखिएको सेताम्मे हिमाल र चिसो सिरेटोकाबिचमा गज्जबसँग खुलेका छन् ।
सुनिलकै शब्द, संगीत रहेको गीतमा कृष्ण विक भान्जाको एरेन्ज रहेको छ । सुनिलको निर्देशनमा छायांकन गरिएको भिडियोमा तनहुँमा प्रचलित कौरा भाकालाई देखाइएको छ । मगर समुदायमा प्रचलित कौरा भाकालाई कलात्मक तरिकाले सुनिलले आफ्नो शैलीमा ढालेका छन् । बिकेक विकको छायांकन र सम्पादन र कलरिंग रहेको गीतको भिडियो गायक सुनिलकै आफ्नै च्यानलबाट बजारमा ल्याइएको हो । गायक गिरीका यसअघि सोल्टिनी, को होला त्यो , कस्तो यो मन, रोगै पिरती, मुग्लान्, लगायता गीतहरु चर्चित छन् ।
आर्टिष्ट खबर/ माघ, काठमाडौं । नेपाली गीतसंगीतको क्षेत्रमा आफ्नो फरक प
January 18, 2021
आर्टिष्ट खबर/ माघ, काठमाडौं । गायक सुमन केसीको स्वरमा नयाँ गीत बिन्ती
January 17, 2021
Artistkhabar.com © 2017. All Rights Reserved
Share your thoughts: