आर्टिष्ट खबर/ पुस, काठमाडौं ।
गायक प्रताप दास र गायिका रजिना रिमालको स्वरमा रहेको ‘सृजनाकी श्रेष्ट तिमी’ बोलको नयाँ गीत सार्वजनिक गरिएको छ । बिहीबार राजधानीको पाना क्याफेमा एक कार्यक्रमका बिच सार्वजनिक गरिएको उक्र गीतमा रिमेश कुमारले संगीत भर्नुभएको छ भने प्रदीप थुलुङको स्वर रहेको छ ।
भिडियोमा लोकप्रिय गायक तथा सर्जक प्रकाश सपुतसँगै प्रदीप अधिकारी र प्रमिला क्षेत्रीले अभिनय रहेको छ । भिडियो बिक्रम चौहानले निर्देशन गर्नुभएको हो । भिडियोको निर्माता रमेश शाही हुनुहुन्छ ।
भिडियो सार्वजनिक कार्यक्रममा बोल्दै कलाकार प्रकाश सपुतले आफूले लोकशैलीको गीतमा अभिनय गरेको तर अहिले फरक गीतमा अभिनय गर्न पाउँदा खुसी लागेको बताउनु भयो । उहाँले गीत मन परेरै भिडियोमा काम गर्न तयार भएको बताउनु भयो । गीतका संगीतकार रिमेशले प्रकाशलाई अफर गर्नुभएको थियो । भिडियोका निर्माता रमेशले कतिपय कलाकारहरुले गीतमा काम गरिसकेपछि प्रमोशनमा साथ नदिएको भन्दै गुनासो पोख्नुभयो । उहाँले आगामी दिनमा पनि अन्य गीत बजारमा ल्याउने तयारी भइरहेको बताउनु भएको छ ।
Video:
Event:
आर्टिष्ट खबर/ माघ, काठमाडौं । नेपाली गीतसंगीतको क्षेत्रमा आफ्नो फरक प
January 18, 2021
आर्टिष्ट खबर/ माघ, काठमाडौं । गायक सुमन केसीको स्वरमा नयाँ गीत बिन्ती
January 17, 2021
Artistkhabar.com © 2017. All Rights Reserved
Share your thoughts: