आर्टिष्ट खबर/ माघ, काठमाडौं ।
नेपाली मोडलिंग क्षेत्रमा सयौं म्युजीक भिडियोमा अभिनय गर्नुभएकी मोडल रश्मि तामांग गायिका बन्नु भएको छ । पछिल्लो केहि समय अमेरिकामा रहनु भएकी रश्मि अहिले नेपालमै हुनुहुन्छ । उहाँको स्वरमा रहेको पहिलो गीत मुरलीको धुन सार्वजनिक गरिएको छ । रश्मिलाई लोकप्रिय गायक मिलन लामाले स्वरमा साथ दिनुभएको छ । गीतमा मिना लामा ठोकरको लय तथा शब्द रहेको छ । यस्तै कमल सौरागले म्युजीक एरेन्ज गर्नुभएको छ ।
लामो समय देखी नेपाली म्युजीक भिडियोमा अभिनय गर्दै धेरै अनुभव बटुलेको तर गायनको बिषयमा आफू नयाँ रहेको र केहि अनुभव बटुल्न पाउँदा खुसी लागको रश्मिले बताउनु भएको छ । रश्मिले दर्शक तथा स्रोताको प्रतिक्रियासँग आगामी दिनमा अघि बढ्ने बताउनु भएको छ ।
गीतको भिडियोमा रश्मिसँगै बुद्धि तामांग र कोपिला गुरुंगको अभिनय रहेको छ । प्रकाश भट्टले निर्देशन गरेको भिडियो नवराज उप्रेतीले खिच्नुभएको हो भने बिष्णु शर्माले सम्पादन गर्नुभएको छ ।
Video:
आर्टिष्ट खबर/ माघ, काठमाडौं । नेपाली गीतसंगीतको क्षेत्रमा आफ्नो फरक प
January 18, 2021
आर्टिष्ट खबर/ माघ, काठमाडौं । गायक सुमन केसीको स्वरमा नयाँ गीत बिन्ती
January 17, 2021
Artistkhabar.com © 2017. All Rights Reserved
Share your thoughts: