देवेन्द्रको नयाँ गीत 'भेटै हुन्न कि'

Posted on: January 20, 2021
आर्टिष्ट खबर/ माघ, काठमाडौं । 

गायक देवेन्द्र बब्लुको स्वरमा नयाँ गीत भेटै हुन्न कि सार्वजनिक गरिएको छ । आफूलाई अभिनय तथा म्युजीक भिडियोको क्षेत्रमा अब्बल बनाइसक्नु भएका देवेन्द्रले यस गीतमार्फत माया गर्ने मान्छेलाई सन्देश पठाउनु भएको छ । 

सार्वजनिक गीतमा शब्द, संगीत तथा स्वर देवेन्द्रकै रहेको छ । गीतको एरेन्ज कृष्ण बिकले गर्नुभएको हो भने मिक्सिङ श्यामश्वेत रसाइलीले गर्नुभएको हो । 

भिडियोमा गायक देवेन्द्रसँगै विशाल घिमिरेलाई पनि देख्न सकिन्छ । विशाल घिमिरेको डिजाइनमा तयार भएको भिडियोलाई नवराज उप्रेतीले खिच्नुभएको हो । भिडियो सम्पादन तथा कलर प्रविण भट्टले गर्नुभएको छ ।  \

देवेन्द्रले यसअघि आफ्नो संगीत तथा स्वरमा ‘कसरी, एक्लै जान सक्छै र, म हाँसे हाँस्छै र’ जस्ता चर्चित गीत दिइसक्नुभएको छ । 

Interview:





Artist Khabar Media Pvt. Ltd.
Gongabu, Kathmandu
+977-9849953656, 9803082553,01-4387307
[email protected]