आर्टिष्ट खबर/ फागुन, काठमाडौं ।
लोकप्रिय गायिका सिन्धु मल्लको आज जन्मदिन । गायिका मल्लको जन्म्दिनको अवसर पारेर नयाँ कौडा गीत ‘सुपारी काँचो’ रिलिज गरिएको छ । गीतमा सिन्धुसँगै गायक सन्तु थापाको स्वर रहेको छ । गीत लगानी गायक सन्तुकै रहेको छ भने भिडियो पनि सन्तु थापा युट्युव च्यानलमार्फत हेर्न सकिनेछ ।
काठमाडौंको अनामनगरस्थित क्विन क्याफेमा पत्रकार भेटघाट गरी गायक सन्तुको तर्फबाट जन्मदिनको केक काटिएको थियो । जन्मदिन पर्नु र गीत रिलिज गर्नु संयोग भएको गायक सन्तुले बताउनु भयो । उहाँले भन्नुभएको छ, ‘हामीले दिदीको जन्मदिननै कुरेका त होइनौं तर आज पर्न गयो । यो अवसर पनि हो ।’ गायका मल्लले आफूले हजारौं गीत गाएको तर कौडा पहिलो पटक गाउने अवसर मिलेको बताउनु भयो । उहाँले भन्नुभएको छ, ‘कौडा गीत गाउने अवसर मिलेको थिएन आज गाउन पाएँ, मेरो लागी निकै फरक गीत हो । सन्तु भाईलाई धन्यवाद दिन चाहान्छु ।’
जन्मदिन सेलिब्रेशनमा गायिका मल्लका श्रीमात संगीतकार सुदम थापाले पनि बिहे गरेको २० बर्ष पुग्दा पनि आफूहरुको माया बिहेको गरेको पहिलो दिनको जस्तै कायम रहेको भन्दै जन्मदिनको शुभकामना दिनुभयो ।
सार्वजनिक ‘सुपारी काँचो’ गीतमा सुरेश राना मगरको लय तथा शब्द रहेको छ । गीत कमल सौरागले एरेन्ज गर्नुभएको हो । गीतको भिडियोको निर्देशन दिप गुरुङले गर्नुभएको हो ।
Video:
आर्टिष्ट खबर/ चैत, काठमाडौं । नयाँ वर्ष नजिकिदै गर्दा गायिका रचना रिमा
April 11, 2021
आर्टिष्ट खबर/ चैत, काठमाडौं । निर्देशक सम्राट बस्नेतको निर्देशनम
April 11, 2021
Artistkhabar.com © 2017. All Rights Reserved
Share your thoughts: