
आर्टिष्ट खबर/ चैत,काठमाडौं ।
लोकप्रिय गायक सुगम पोखरेल स्वरमा नयाँ गीत ‘तिम्रो लागि’ सार्वजनिक गरिएको छ। चलचित्रको पाश्र्व गायनमा समेत अत्यन्त रुचाइएका सुगमको उक्त गीतमा मनिष वशिष्टको शब्द रहेको छ। अमेरिकामा बसोबास गरिरहेका गीतकार वशिष्टले यसपटक फरक शैलीको गीतका लागि शब्दहरु रचना गरेका छन् । यो गीतलाई लोकप्रिय संगीतकार कल्याण सिंहले संगीतबद्ध गरेका हुन्।
संगीतकार सिंहको संगीत सिर्जनामा पनि नयाँपन सुन्न पाइएको छ । रिदम कँडेल यो गीतका संगीत संयोजक छन् भने प्रदीप जोशी यो गीतका साउण्ड इन्जिनियर छन्। गीतको म्युजिक भिडियो पनि आकर्षक बनेको छ। गम्भिर विष्टको अवधारणा तथा पटकथामा तयार भएको यो भिडियोमा गम्भिर विष्ट तथा गीता ढुंगाना फिचर्ड छन्। नवराज उप्रेतीद्वारा छायांकन गरिएको उक्त गीतको म्युजिक भिडियोमा सुबोल थापाको कोरियोग्राफी तथा सहनिर्देशन छ भने नबिन निरौलाको सम्पादन, भिएफएक्स तथा रंग संयोजन छ । गम्भिर विष्टले यो भिडियोलाई निर्देशन गरेका हुन्।
song:
आर्टिष्ट खबर/ जेठ, काठमाडौं । लोकप्रिय गायक रामकृष्ण ढकालको आवाज
May 26, 2022
आर्टिष्ट खबर/ जेठ, काठमाडौं । पूर्वसचिव विद्यानाथ नेपालको पुस्तक
May 26, 2022
Artistkhabar.com © 2022. All Rights Reserved
Share your thoughts: