
आर्टिष्ट खबर/ चैत, काठमाडौं ।
नवलपुर गैँडाकोटका चर्चित गायक दिपक खड्काको नयाँ गीत ‘छड्के सलाम’ सार्वजनिक गरिएको छ। भिम विष्टको शब्द रचनामा दिपकले नै संगीत भरेका छन्। श्यामस्वेत रसाइलीको संगीत संयोजन रहेको गीतमा गायक दिपक खड्का, भिम विष्ट, गायिका प्रिती आले र सरु गौतमले स्वर भरेका छन्। चितवनको नारायणगढ र गैँडाकोटबीच नारायणी नदीको रमणीय एवं पर्यटकीयस्थलमा छायांकन गरिएको गीतमा नायक पल शाह, सुधीर श्रेष्ठ, नायिका अञ्जली अधिकारी, अशुं न्यौपाने र सोही गीतका गायक गायिकाहरु दिपक खड्का, भिम विष्ट, प्रिती आले र सरु गौतमको दमदार अभिनय रहेको छ। इनाक्षी इन्टरटेनमेन्टको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको गीतको भिडियोमा काजीश श्रेष्ठको निर्देशन, अर्जुन तिवारीको छायांकन र दिपक विष्टको सम्पादन रहेको छ।
खड्काका अनुसार दर्शक स्रोतालाई भरपूर मनोरञ्जन दिने लक्ष्य राखेर गीत सार्वजनिक गरिएको हो। सानैदेखि गीत संगीतमा रुची राख्ने खड्काले गीत संगीतको मौलिकतालाई मान्यता दिँदै आएका छन्। वि.स. २०५५–०५६ सालदेखि औपचारीक रुपमा यस क्षेत्रमा लागेका खड्काले अहिलेसम्म करीव एक दर्जनको हाराहारीमा आफ्नै एल्बम बजारमा ल्याइसकेका छन् । हाल उनी राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका केन्द्रीय उपाध्यक्ष समेत रहेका छन्।
video:
आर्टिष्ट खबर/ जेठ, काठमाडौं । लोकप्रिय गायक रामकृष्ण ढकालको आवाज
May 26, 2022
आर्टिष्ट खबर/ जेठ, काठमाडौं । पूर्वसचिव विद्यानाथ नेपालको पुस्तक
May 26, 2022
Artistkhabar.com © 2022. All Rights Reserved
Share your thoughts: