
आर्टिष्ट खबर/ वैशाख, काठमाडौं ।
चर्चिच गायक सत्यराज आचार्य र गायिका मेलिना राईको स्वर रहेको ‘गर्मी भयो धरान’ बोलको म्यूजिक भिडियो सार्वजनिक गरिएको छ। गीतकार अमर वान्तुको यस नयाँ गीतमा दिनेश बान्तवाको संगीत रहेको छ। भुमिसा प्रोडक्सनले निर्माण गरेको यस म्यूजिक भिडियोमा पल शाह, साहारा राई र सशी राई लोहोरुङको मुख्य भुमिका रहेको छ। जनकदिप पराजुलीले निर्देशन गरेको भिडियोमा सागर प्रधानको छायाँकन, मनिता राईको कोरियोग्राफी र धुर्बराज पराजुलीको सम्पादन रहेको छ।
गीतले मागे अनुसारको कन्सेप्ट तयार गरी गीत धरानमानै खिचिएको निर्देशक समाजका महासचिव समेत रहेका जनकदिप पराजुलीले बताएका छन्। यसै गीत छायाँकनको क्रममा धरानमा निर्देशक समाजका सचिव समेत रहेका प्रदेश नम्बर १ चलचित्रकर्मी संघका अध्यक्ष अरुण प्रधान र पल शाह कन्ट्रोभर्सिमा समेत आएका थिए। यो भिडियो लामो समयदेखि दर्शक श्रोताको प्रतिक्षामा रहेको थियो। निर्देशक पराजुलीको निर्देशनमा बनेको यो भिडियो उत्कृस्ट बनेको छ। अन्य भिडियोमा भन्दा यस भिडियोमा पल शाह अलि फरक रुपमा प्रस्तुत भएका छन्।
आर्टिष्ट खबर/ साउन, काठमाडौं । नयाँ चलचित्र ‘२ नम्बरी’को प्रदर्श
August 09, 2022
आर्टिष्ट खबर/ साउन, काठमाडौं । अमेरिकाको एटलान्टामा ४ देखि ७ अगष
August 09, 2022
Artistkhabar.com © 2022. All Rights Reserved
Share your thoughts: