
आर्टिष्ट खबर/ असोज, काठमाडौं ।
सन्तोष अधिकारीको लगानी रहेको राष्ट्रिय गीत 'म नेपाल हो'को भिडियो रिलिज गरिएको छ । अधिकारी स्वयंमको अभिनय रहेको गीतको भिडियो आइतबार संविधान दिवसको अवसर पारेर आयोजित एक कार्यक्रमका बीच सार्वजनिक गरियो ।
गीत रिलिज कार्यक्रममा अवकाश प्राप्त उपरथी जगदीश चन्द्र पोखरेल, डिआजी ज्ञानेन्द्र महत, क्याप्टेन तथा अभिनेता विजय लामा, निर्देशक दीपेन्द्र कुमार खनाल, देव कुमार श्रेष्ठ, अभिनेता प्रशान्त ताम्रकार लगायतको उपस्थीति रहेको थियो ।
निशान कस्यपको निर्देशन रहेको गीतमा सहकलाकारको रुपमा कञ्चन भुजेल र जस्मिन मुसेओटले अभिनय गरेका छन् । अजय अधिकारीको शब्द रचना रहेको गीतमा बादल थापा मगर र सुविन सेञ्चुरीको संगीत रहेको छ । साथै बादल र सुविनकै स्वर रहेको छ । भने गीतलाई सुविन सेञ्चुरीले एरेञ्ज गरेका हुन् ।
सुरेश अधिकारीले संगीत भरेका हुन् । बादल थापा मगरको स्वर रहेको गीतलाई उत्तम हुमागाईले छायांकन गरेका हुन् । अमितेश कर्णको ड्रेस डिजाइन रहेको गीतमा सुरेन्द्र ठकुरीको मेकअप रहेको छ ।
निर्माता अधिकारीको कन्सेप्टमा निर्माण भएको गीतको भिडियो निर्देशक निशान स्वयमले सम्पादन गरेका हुन् । असाप इन्टरटेमेन्टको युट्युब च्यानलबाट सार्वजनिक गीतको मेकिङ्ग उच्च देखिन्छ । सार्वजनिक गीतमा अभिनेता अधिकारीले २० भन्दा बढि क्यारेक्टरमा अभिनय गरेका छन् । गीतको भिडियो हेरेपछि उपस्थीत पाहुनाले अधिकारीको अभिनयको प्रशंसा गरेका थिए ।
निर्माता अधिकारीको लगानी रहेको सिनेमा तीन जन्तु प्रदर्शनको पखाईमा रहेको छ । भने उनले आमा र घरमा सह निर्माताको रुपमा काम गरेका छन् । उनले फेसन शोको पनि आयोजना गर्दै आएका छन् । कोरोना महामारीका कारण हेरिटेज अफ फेसन सिजन २ को मिति पटक पटक सर्दै आएको छ ।
Video:
आर्टिष्ट खबर/ जेठ, काठमाडौं । आगामी जेठ १४ शनिबार काठमाडौंको दशर
May 24, 2022
Artistkhabar.com © 2022. All Rights Reserved
Share your thoughts: