राजु परियारसँगै ६ जनाको स्वरमा रहेको 'दशैं आयो' गीत सार्वजनिक

Posted on: September 26, 2021
आर्टिष्ट खबर/ असोज, काठमाडौं । 

यसबर्षको वडा दशैं नजिकिदै गर्दा दशैं बिशेष गीत सार्वजनिक भइरहेका छन् । यसैबिच ६ जनाको स्वरमा रहेको नयाँ गीत 'दशैं आयो' सार्वजनिक गरिएको छ । राजु परियार, शान्तिश्री परियार, अर्जुन सापकोटा, कृष्ण गैरे, दीपिका बयम्बु, गीता सेञ्चुरीको स्वर रहेको गीतमा हुम गैरेको शब्द रहेको छ भने नन्दु परियारको लय रहेको छ । 


गीतको भिडियोमा पनि थुप्रै कलाकारले अभिनय गरेका छन् । हुम गैरेकै निर्देशन र सम्पादन रहेको भिडियोमा राजाराम सिंखडाको कोरियाग्राफि छ । भिडियोमा आयुष्मा कार्की, बबिन ठकुरी, राम ठकुरी, राजाराम सिंखडा, मन्जिला बुढाथोकी, नवराज अधिकारी लगायतको नृत्य रहेको छ । भिडियो बिहानी क्रिएसनको युट्युव च्यानलमार्फत सार्वजनिक गरिएको छ ।

Video:




Artist Khabar Media Pvt. Ltd.
Gongabu, Kathmandu
Editor:Gopi Krishna Chapagain
सूचना विभाग दर्ता नंः २६७४/०७७-०७८
Contact: +9779851279301
Email: [email protected]