बिन्दु परियारको नयाँ गीत, भिडियोमा पनि आफ्नै अभिनय

Posted on: September 26, 2021
आर्टिष्ट खबर/ असोज, काठमाडौं ।  

गायिका बिन्दु परियारको स्वरमा नयाँ गीत सार्वजनिक गरिएको छ । ‘तिम्रै हुन पाउँ’ बोलको गीत आइतबार साँझ बिन्दु परियार युट्युव च्यानलमार्फत सार्वजनिक गरिएको हो । सार्वजनिक गीतमा कमल खत्रीको शब्द तथा संगीत रहेको छ । उदयराज पौडेलले एरेन्ज गरेको गीतको मिक्सिङ तथा मास्टरिङ श्यामश्वेत रसाइलीले गरेका छन् ।

सार्वजनिक गीतको भिडियोमा पनि विन्दु आफैँ फिचर भएकी छिन् । यसै भिडियोबाट विन्दु्ले अभिनयमा डेब्यु गरेकी हुन् । भिडियोमा उनलाई प्रेमिल शैलीमा प्रस्तुत गरिएको छ । शान थापाको निर्देशनमा बनेको भिडियोलाई अर्जुन तिवारीले खिचेका छन् । राजिव समरको करियोग्राफी रहेको भिडियोलाई सुप्रिम पराजुलीले सम्पादन गरेका छन् ।  




Artist Khabar Media Pvt. Ltd.
Gongabu, Kathmandu
Editor:Gopi Krishna Chapagain
सूचना विभाग दर्ता नंः २६७४/०७७-०७८
Contact: +9779851279301
Email: [email protected]