दीपकको 'दैवको लिला' मा सरोज र सुरबीर

Posted on: October 07, 2021
आर्टिष्ट खबर/ असोज,काठमाडौं । 

गीतकार दीपक पाठकको हृदयस्पर्शी गीत दैवको लिला सार्वजनिक भएको छ । किरण देवकोटाको संगीत र रामभक्त जोजेजुको स्वर रहेको गीतमा रचनाकार पाठकले मानव जीवन आइपर्ने यथार्थ भोगाइलाई समेटेर शब्द कोर्नु भएको छ भने संगीतपक्ष पनि त्यतिकै शब्दलाइ न्याय दिने सशक्त रहेको छ  । गीतमा रामभक्त जोजेजुको नै एरेन्जमेन्ट रहेको छ ।

 दैवको लिला को भिडियोमा सर्वप्रिय नायक सरोज खनाल र सुरबीर पण्डितको जिवन्त अभिनय रहेको छ । टेकेन्द्र शाह कृयटिभ हेड रहेको भिडियोमा रामकुमार के सीको सिनेमाटोग्राफी र हेम प्रभास अधिकारीको निर्देशन रहेको छ । भिडियोलाइ  डीबी इन्टरटेन्टको युट्युब च्यानल (DB Entertainment) बाट  बुधबार सार्वजनिक गरिएको हो ।

यसअघि पनि यसै च्यानल मार्फत गीतकार दीपक पाठकको शब्द र किरण देवकोटाको संगीतमा धेरै गीतहरु आइसकेका छ्न भने आगामीदिनमा पनि धेरै गीतहरु आउने तयारीमा गीतका कामहरु भइरहेको जनाइएको छ । 


भिडियो:





Artist Khabar Media Pvt. Ltd.
Gongabu, Kathmandu
Editor:Gopi Krishna Chapagain
सूचना विभाग दर्ता नंः २६७४/०७७-०७८
Contact: +9779851279301
Email: [email protected]