जिग्रीको दोस्रो गीतमा धुर्मुस सुन्तलीको अभिनय

Posted on: November 30, 2021
आर्टिष्ट खबर/ मंसिर, काठमाडौं । 

कुमार कट्टेल जिग्रीको स्वरमा रहेको दोस्रो गीत सार्वजनिक भएको छ । 'मायाले जीवन सजाऊँ' बोलको गीतमा जिग्रीलाई अस्मिता अधिकारीले साथ दिएकी छिन्।अर्जुन पोखरेलको शब्द संगीतमा रहेको गीतको भिडियोमा सीताराम कट्टेल धुर्मुस र कुञ्जना घिमिरे सुन्तलीको अभिनय रहेको छ। यस अघि जिग्रीले गाएको मञ्जुरी बोलको गीत सार्वजनिक भइसकेको छ।

धुर्मुस सुन्तलीको १४ औँ वैवाहिक वर्षगाँठको अवसर पारेर गीत सार्वजनिक गरिएको हो। दाजुभाउजुको वैवाहिक वर्षगाँठलाई थप विशेष बनाउन पनि आफ्नो स्वरमा रहेको गीत सुम्पिएको जिग्रीले बताए। रामजी लामिछानेको कोरियोग्राफी तथा निर्देशन रहेको गीतमा धुर्मुस सुन्तलीलाई वैवाहिक वर्षगाँठ मनाउन व्यस्त प्रेमिल दम्पतीको रुपमा प्रस्तुत गरिएको छ।

 राजेन्द्र मोक्तानको रंग संयोजन तथा बन्दे प्रसादको सम्पादन रहेको गीतको भिडियो धुर्मुस सुन्तली युट्युव च्यानलबाट सार्वजनिक गरिएको छ ।

 



Artist Khabar Media Pvt. Ltd.
Gongabu, Kathmandu
Editor:Gopi Krishna Chapagain
सूचना विभाग दर्ता नंः २६७४/०७७-०७८
Contact: +9779851279301
Email: [email protected]