
आर्टिष्ट खबर/ पुस, काठमाडौं ।
पछिल्लो समय नेपाली लोक तथा दोहोरी गीतका लोकप्रिय गायक अर्जुन सापकोटाका बुबा मणी सापकोटाको स्वरमा नयाँ गीत सार्वजनिक गरिएको छ । 'मन परेकी पाउँदा' बोलको गीतमा मणीलाई स्वरमा स्मृति मगरले साथ दिएकी छिन् । गीतमा लय तथा शब्द पनि मणीकै रहेको छ ।
मणीको यो पहिलो गीत भने होइन । आफैमा राम्रो गायक समेत रहेका मणीले यसअघि पनि थुप्रै गीतमा स्वर तथा शब्द भरेका छन् । मणीले नै गीत गाएको देखेर हुर्किएका अर्जुन अहिले सफल गायक बनिसकेका छन् ।
अहिले सार्वजनिक गीतमा अर्जुनको पनि अभिनय देख्न सकिन्छ । अर्जुनसँगै इश्वर भण्डारी, सन्तोष सापकोटा, गुमी घर्ति लगायतको अभिनय रहेको छ । भिडियो मदन खड्काले निर्देशन गरेका हुन् भने विरेन्द्र भट्टले खिचेका हुन् । भिडियो सम्पादन अनिल रानाले गरेका हुन् ।
आर्टिष्ट खबर/ जेठ, काठमाडौं । नेपाली चलचित्र ‘कबड्डी–४’ आज (शुक्
May 27, 2022
आर्टिष्ट खबर/ जेठ, काठमाडौं । नयाँ गीत ,‘बाचा कसम’ सार्वजनिक गरिएको छ
May 27, 2022
Artistkhabar.com © 2022. All Rights Reserved
Share your thoughts: