
आर्टिष्ट खबर/ पुस, काठमाडौं ।
बले इन्टरटेनमेन्टबाट नयाँ गीत होहो नि माया सार्वजनिक गरिएको छ । हरि गिरी र स्मिता दाहालको स्वर रहेको उक्त गीतमा हरिकै शब्द तथा संगीत रहेको छ । आइतबार काठमाडौंको अनामनगरस्थित रेडियो अडियोमा एक कार्यक्रमको आयोजना गर्दै गीत सार्वजनिक गरिएको हो । कार्यक्रममा गीतको टिम उपस्थित थियो ।
कार्यक्रममा भिडियोका मुख्य कलाकार सागर लम्साल (बले)ले आफूले तीन महिनापछि भिडियोमा काम गरेको बताए । यो बिचमा पारिवारीक समस्याका कारण र आफ्नो स्वास्थ्यस्थितका कारण भिडियोमा र सक्कीगोनीमा काम गर्न नसकेको जानकारी दिए । भिडियोमा सागरसँगै सुमन ज्योती न्यौपाने र अदिती हमालको नृत्य देख्न सकिन्छ । बुद्ध थापाले खिचेको भिडियो नविन निरौलाले सम्पादन गरेका हुन् । भिडियो सुरेन्द्र बसेलले निर्देशन गरेका हुन् ।
आर्टिष्ट खबर/ जेठ, काठमाडौं । नेपाली चलचित्र ‘कबड्डी–४’ आज (शुक्
May 27, 2022
आर्टिष्ट खबर/ जेठ, काठमाडौं । नयाँ गीत ,‘बाचा कसम’ सार्वजनिक गरिएको छ
May 27, 2022
Artistkhabar.com © 2022. All Rights Reserved
Share your thoughts: