
आर्टिष्ट खबर/ पुस, काठमाडौं ।
'सरिताको दिदी' बोलको गीतको सफलतापछि गायक अनीश ओकिलीले आफ्नै आवाज, शब्द तथा सङ्गीतमा गीत ‘सिमल भुवा’ बजारमा ल्याएका छन् । गोपाल रसाइलीको सङ्गीत संयोजन रहेको गीतको भिडियो निर्देशन ओरिअन टिमले गरेको हो । भिडियोको कन्सेप्ट गायक ओकिलीकै रहेको छ ।
प्रिया रानी लामा र प्रज्वल श्रेष्ठ भिडियोमा फिचर्ड छन् । विकास मगरको छायांकन, सम्पादन र कलरिङ भिडियोमा समावेश छ। अनीश ओकिली युट्युब च्यानलमा भिडियो हेर्न सकिन्छ । ३ दशक देखि साङ्गतिक क्षेत्रमा सक्रिय रहेका ओकिलीको गुलाबी जाडो, झ्याल बाट हेरी लगायत गीतहरू चर्चित छन् ।
आर्टिष्ट खबर/ जेठ, काठमाडौं । नेपाली चलचित्र ‘कबड्डी–४’ आज (शुक्
May 27, 2022
आर्टिष्ट खबर/ जेठ, काठमाडौं । नयाँ गीत ,‘बाचा कसम’ सार्वजनिक गरिएको छ
May 27, 2022
Artistkhabar.com © 2022. All Rights Reserved
Share your thoughts: