परदेशिएका युवाको पिडामा 'बिरानो देश'

Posted on: February 19, 2022
आर्टिष्ट खबर/ फागुन, काठमाडौं ।  

तीनै परदेशिएका युवाको पिर र व्यथा समेटेर तयार पारिएको  गीत 'बिरानो देश' सार्वजनिक गरिएको छ । परदेशिएका पति र स्वदेशमा रहेकी पत्नीको कस्तो मनोभाव र मनोदशा रहन्छ भन्ने कुरा गीतको अडियोमा स्पष्ट सुन्न सकिन्छ। गीतमा परदेशमा पुगेका एक युवाले आफ्नो देश र परिवार सम्झेर जीवन नै गुमाउने डर बीचमा बिताइरहेको जीवन दर्शाइएको छ ।

ड्रिप चाम्लिङ्गले लेखेका शब्दमा विश्व नेपालीको आवाज र सुरेश अधिकारीको संगीत रहेको छ। राजेश पूमा राईले निर्देशन गरेको भिडियो निकै आकर्षक र मनछुने बनेको छ। सनम कठायत र रोश्नी कार्कीको अभिनयले भिडियोमा थप प्राण भरेको छ। उत्सव दाहालले खिचेको भिडियोलाई विकास दाहालले सम्पादन गरेका छन् ।




Artist Khabar Media Pvt. Ltd.
Gongabu, Kathmandu
Editor:Gopi Krishna Chapagain
सूचना विभाग दर्ता नंः २६७४/०७७-०७८
Contact: +9779851279301
Email: [email protected]