शिशिर योगीको जन्मदिनमा 'बा...' गीत सार्वजनिक

Posted on: March 10, 2022
आर्टिष्ट खबर/ फागुन, काठमाडौं । 

मेलोडी सुल्तानको रुपमा चिनिनु भएका वरिष्ठ गायक शिशिर योगीको आज (बिहीबार) परेको जन्मदिनको अवसरमा नयाँ गीत ‘बा...’ सार्वजनिक गरिएको छ । शिशिरको स्वरमा रहेको उक्र गीतमा कबि अर्जुन पराजुलीको शब्द रचना छ भने संगीत शिशिर आफैले दिनुभएको छ । संगीत संयोजनको काम बि.बि. अनुरागीले गर्नुभएको हो । ध्वनि सम्पादन श्यामश्वेत रसाईलीको रहेको छ ।

उमेरले पाँच दशक पार गर्नुभएका गायक शिशिरको सार्वजनिक ‘बा...’ गीतमा जन्मदिने बुबा प्रतिको मायालाई देखाउन खोजिएको छ । ‘आमा आमा भन्छन् सबै बा तिम्लाई देख्दैन कोही, आमाको त सबले लेख्छन् बा को कथा लेख्दैन कोहि’ लगायतका मनछुने शब्द गीतमा रहेको छ । गीतको भिडियोमा पनि गायक शिशिरलाई नै देख्न सकिन्छ । भिडियोको छायांकन, निर्देशन र सम्पादन बिरेन्द्र भाट ‘विपिन’ले गर्नुभएको हो । वल्र्ड कभर मिडियाको प्रोडक्सनमा तयार भएको गीतको भिडियो गायक शिशिर योगीकै य्ट्युव च्यानलबाट सार्वजनिक भएको छ । 

Video:




Artist Khabar Media Pvt. Ltd.
Gongabu, Kathmandu
Editor:Gopi Krishna Chapagain
सूचना विभाग दर्ता नंः २६७४/०७७-०७८
Contact: +9779851279301
Email: [email protected]