स्याङ्जाको बिरुवा गाउँपालिका ४ ओरष्टेको गीति वृत्तचित्र बिमोचन

Posted on: March 20, 2022
आर्टिष्ट खबर/ चैत, काठमाडौं । 

स्याङ्जा जिल्ला बिरुवा गाउँपालिका ४ ओरष्टे गाउँ (साविकको ओरष्टे गाउँबिकास समिती) को गीति वृत्तचित्र बिमोचन गरिएको छ । एक कार्यक्रमका बिच बिमोचन गरिएको बृतचित्र श्री सृजनशिल युवा परिवार भोर्लेको बार्षिक उत्सव कार्यक्रमको पाँचौ दिनमा राष्ट्रिय कलाकारहरुको उपस्थितिमा गीति वृतचित्र बिमोचन गरिएको हो । 

बृतचित्र स्याङ्जा जिल्ला बिरुवा ४ भोर्लेका युवा नेता समाजसेवी नेकपा एमाले बिरुवा गाउँपालिकाका अध्यक्ष प्रकाश थापा र गाउँपालिका अध्यक्ष चुन प्रसाद शर्माले संयुक्त्त रुपमा बिमोचोन गर्नुभयो । गाउँपालिका अध्यक्ष शर्माले गाउँ समाज विकास भए मात्रै समग्र राष्ट्रको विकास हुने र हरेक कार्यको लागि समाज एकजुट भएर योजना बनाएर अघि बढ्नु पर्नेमा जोड दिनुभयो । समाज विकासको लागि गाउँपालिकाले धेरै योजनाहरु अघि सारेको गाउँपालिका अध्यक्ष शर्माले बताउनुभयो ।

 

देश बिदेशमा रहेका ओरष्टेवासीको सहयोगमा निर्माण भएको प्रस्तुतिमा लय, शब्द, एरेन्ज र निर्देशन अर्जुन थापाको रहेको छ भने आवाज तारा श्रीसको रहेको छ । भिडियोमा अभिनय स्मृति मगर, स्वप्निल रान, कुसुम आले लगायतले गर्नुभएको छ । आर आर कृयशन मार्फत सार्वजनिक गीत युट्युवमा भने एकसाता भित्रमा हेर्न पाइने निर्देशक थापाले आर्टिष्ट खबरलाई जानकारी दिनुभयो ।  



Artist Khabar Media Pvt. Ltd.
Gongabu, Kathmandu
Editor:Gopi Krishna Chapagain
सूचना विभाग दर्ता नंः २६७४/०७७-०७८
Contact: +9779851279301
Email: [email protected]