टीका र युवराजको गीतमा पल र शुभेक्षाको अभिनय

Posted on: April 15, 2022
आर्टिष्ट खबर/ बैशाख, काठमाडौं ।

गायक युवराज मगर र गायिका टीका प्रसाईँको स्वर रहेको ‘प्लिज नभन है हुन्न’बोलको गीत सार्वजनिक गरिएको छ । गीतमा एकनारायण भण्डारीको शब्द, गायक युवराजकै संगीत एवं उदयराज पौडेलको एरेन्ज छ ।

गीतको भिडियोमा अभिनेता पल शाह र मोडल शुभेक्षा मगर भारतीले अभिनय एवं नृत्य गरेका छन् । डान्सिङ विटको गीतलाई गायक युवराज स्वयंमले निर्देशन गरेका हुन् । भिडियोमा गाउँको युवा र सहरकी युवतीबीचको कथालाई प्रस्तुत गरिएको छ । मोर्डनपन र मौलिकपन दुबैलाई गीत र भिडियोमा प्रस्तुत गरिएको गायक एवं निर्देशक युवराजले बताए । ज्ञानेन्द्र शर्मा हुमागाईँको छायाँकन, सन्तोष राजबहाकको कोरियोग्राफी रहेको भिडियोलाई विकास ज्ञवालीले सम्पादन गरेका हुन् ।  




Artist Khabar Media Pvt. Ltd.
Gongabu, Kathmandu
Editor:Gopi Krishna Chapagain
सूचना विभाग दर्ता नंः २६७४/०७७-०७८
Contact: +9779851279301
Email: [email protected]