आर्टिष्ट खबर/ बैशाख, काठमाडौं ।
गायक उमाशंकर जोशीले नयाँ देउडा गीत सार्वजनिक गरेका छन् । ६ गायक र गायिकाको स्वर रहेको गीतमा भुमिराज धामीको शब्द रहेको छ भने उमाशंकरले नै लय भरेका छन् । गीतमा संगीत संयोजन बिनोद बाजुरालीको रहेको छ । गीतमा उमाशंकर जोशीसँगै राजेन्द्र बाजुराली, टिका पुन, स्मृति शाही, भुमिराज धामी र हंशराज धामीले स्वर भरेका छन् ।
गीतको अडियोसँगै भिडियो पनि सार्वजनिक गरिएको छ । गायक उमाशंकरकै युटयुवमार्फत सार्वजनिक गीतको भिडियो हरिश महराले खिचेका हुन् भने सम्पादन लोकेश भाटले गरेका छन् । भिडियोमा रंग संयोजनको काम वीरेन्द्र भाट विपिनले गरेका छन् । वल्र्ड कभर मिडियाले प्रोडक्सन गरेको गीतको भिडियोमा गंगा जोशी, किशोर धामी, रोजी कुँवर, हेमा थापा र साथीहरुको अभिनय रहेको छ । भिडियो भने भिम थापाले निर्देशन गरेका हुन् ।
भिडियो बझाङ जिल्लामा छायांकन गरिएको हो भने भिडियोमा उमाशंकरसँग भुमिराज धामीले सहकार्य गरेका छन् ।
आर्टिष्ट खबर/ असार, काठमाडौं । आगामी भदौ १० गतेबाट प्रदर्शनमा आउ
June 22, 2022
आर्टिष्ट खबर/ असार, काठमाडौं । तेश्रो संस्करणको नेपाल म्युजिक एण
June 22, 2022
Artistkhabar.com © 2022. All Rights Reserved
Share your thoughts: