१२ बर्षपछि इन्दिराको ‘पछ्यौरी’ सार्वजनिक

Posted on: July 01, 2022
आर्टिष्ट खबर/ असार, काठमाडौं । 

गायिका इन्दिरा जोशीको नयाँ गीत ‘पछ्यौरी’ सार्वजनिक गरिएको छ । १२ बर्ष अगाडि ‘रातो घाँघर’ सार्वजनिक गर्नुभएकी गायिका इन्दिराले १२ बर्षपछि ‘पछ्यौरी’ बोलको गीत दर्शक तथा श्रोतमाझ ल्याउनु भएको हो । 

यो गीतमा इन्दिराकै शब्द तथा संगीत छ । बैजहिक जीबनका बाँधिएपछि रातो सारी र सिउँदो सिन्दुर सजाएर गीत रिलिज कार्यक्रममा उपस्थित हुनुभएकी गायिका इन्दिरालो दर्शकको माया पहिलेको जस्तै पाउने विश्वास व्यक्त गर्नुभयो । 

यो गीतलाई इन्दिराले लोक र पप शैलीमा तयार पार्नुभएको छ । गीतको म्यूजिक र डान्सका केही स्टेपले चर्चा पाउने देखिएको छ । गीतको भिडियोलाई प्रविण सिंहले कोरियोग्राफी तथा निर्देशन गर्नुभएको हो ।  भिडियोमा हरि हुमागाँइको छायांकन, प्रविण श्रेष्ठको सम्पादन छ ।

गायिका जोशीले भिडियो खिच्नका लागि केही गाह्रो भएपनि दर्शकको चाहना अनुसारको काम गरेको बताउनुभयो । यस्तै, मोडल निराजन प्रधानले इन्दिरासँग पहिलो पटक काम गर्दा आफूलाई खुशी लागेको प्रतिक्रिया दिनुभयो । भिडियोमा इन्दिरा बोल्ड, ब्यूटिफूल र आकर्षक देखिनुभएको छ । नेपाली गायन क्षेत्रमा आफ्नो स्थान उच्च बनाउनु भएकी इन्दिराले केही हप्ता अगाडि मात्र बिहे गर्नुभएको थियो । 





Artist Khabar Media Pvt. Ltd.
Gongabu, Kathmandu
Editor:Gopi Krishna Chapagain
सूचना विभाग दर्ता नंः २६७४/०७७-०७८
Contact: +9779851279301
Email: [email protected]