एलिसा र विनोदको 'मापसे'मा छुट (भिडियो)

Posted on: August 14, 2018
आर्टिष्ट खबर/ साउन, काठमाडौं । 

नेपालमा पढेलेखेका बेरोजगारी युवाहरुको गुनासो उतार्न खोजिएको 'मापसे पढे लेखे नेपालमा काम छैन बोलको गीत सार्वजनिक भएको छ । उक्त गीत ‘खोजि प्रतिभा (सिजन २) को सेकेण्ड रनरअप गायक सचिन राईले गाएका हुन् । उनले एक दर्जन भन्दा बढी गीत रेकर्ड गराईसकेका छन् । काम नभए युवाहरु नराम्रो बाटोतिर लाग्नेछन्, बेराजगार युवालाई रोजगार दिलाऔँ भन्ने सन्देश गीतमार्फत सरकासमक्ष पुर्याउन खोजिएको छ । 

गायक सचिनको आवाजमा रहेको गीतमा रमेश खड्काले संगीत दिएका छन् भने राज खड्काले गीत लेखेको हुन् । काठमाडौंको बालाजुमा छायांकन गरिएको गीतको भिडियोमा चर्चित मोडल एलिसा राई र विनोद न्यौपानेको अभिनय रहेको छ । नवराज भट्टराईले निर्माण गरेको गीतको भिडियो बिदुर पाण्डेले खिचेका हुन् । यस गीतको भिडियो बिनोद गुरुङ भुजेलले एरेन्ज गरेका हुन् । 

(भिडियो)




Artist Khabar Media Pvt. Ltd.
Gongabu, Kathmandu
Editor:Gopi Krishna Chapagain
सूचना विभाग दर्ता नंः २६७४/०७७-०७८
Contact: +9779851279301
Email: [email protected]