चर्चित गायक हेमन्त शर्माको नयाँ गीत सार्वजनिक (भिडियो)

Posted on: August 22, 2018
आर्टिष्ट खबर, भदौ, काठमाडौं 
निकेश खड्काले निर्देशन गरेको गीत  ‘माया प्रिती ’ सार्वजनिक भएको छ । उक्त गीत चर्चित गायक हेमन्त शर्माले गाएका छन् । 
मणीराज बस्नेतको शब्द र बिबि अनुरागीको संगीत रहेको गीतमा हेमन्त शर्माको मिठो स्वर सुन्न सकिन्छ । सार्वजनिक गीतको भिडियोमा  गायक हेमन्तसंगै अभिनेता आकाश श्रेष्ठ र अभिनेत्री आँचल शर्मालाई फिचरिङ गरिएको छ । गीतमा माया प्रितीका कुरालाई वर्णन गरिएको छ । सुवोल थापाले कोरियोग्राफी गरेको भिडियोलाई विकाश धमलाले सम्पादन गरेका छन् ।


(भिडियो)



Artist Khabar Media Pvt. Ltd.
Gongabu, Kathmandu
+977-9849953656, 9803082553,01-4387307
[email protected]