अमेरिकामा ‘सितारा भरेको साडी’ लगाउदै नाचिन् अशिष्मा (भिडियो)

Posted on: August 23, 2018
आर्टिष्ट खबर/ भदौ, काठमाडौं । 

अभिनेत्री अशिष्मा नकर्मीले हालै एक तीज गीतको भिडियोमा अभिनय गरेकी छन् । गएको वर्ष बैबाहिक जीवनमा बाँधिएकी अशिष्मा नकर्मी हाल अमेरिकामा छिन् । उनले अमेरिकामा रहेर पनि आफ्नो अभिनय यात्रा भने छाडेकी छैनन् । उक्त गीतकी गायिका लक्ष्मी खरेल थापा पनि अमेरिकामै छिन् । अमेरिकाको क्यालिफोर्निया बस्दै आइरहेकी गायिका लक्ष्मी खरेल थापाको नयाँ तीज गीतमा अभिनेत्री नकर्मी नाचेकी हुन् । 

नरेन्द्र प्यासीले संगीत दिएका तीज गीत ‘सितारा भरेको साडीमा’ शब्द  बिमला अधिकारी देवकोटाले लेखेकी हुन् । निर्देशक सुरेश दर्पण पोखरेलले निर्देशन गरेको यस गीतको म्युजिक भिडियो क्यालिफोर्नियाको बे एरियामा छायांकन गरिएको छ । गीतको म्युजिक भिडियो निर्देशन गर्दै आएका पोखरेलले चलचित्र पनि निर्देशन गरेका छन् । उनले थ्री लभर्स। मिस यू लगायत करिब आधा दर्जन नेपाली चलचित्र निर्देशन गरिसकेका छन् । 

 (भिडियो)






Artist Khabar Media Pvt. Ltd.
Gongabu, Kathmandu
Editor:Gopi Krishna Chapagain
सूचना विभाग दर्ता नंः २६७४/०७७-०७८
Contact: +9779851279301
Email: [email protected]