
आर्टिष्ट खबर/ असोज, काठमाडौं ।
लोक गायक पुस्कल शर्माले वडादशैंको अवसर पारेर ‘अध्यारो शनिबार’बोलको दशैं गीत सार्वजनिक गरेका छन् । मंगलबार एक कार्यक्रमका बिच जन्मदिनको केक काट्दै गीत प्रिमियर गर्दै सार्वजनिक गरेका हुन् । गीतमा पुस्कलसँगै गायिका देवी घर्तिको स्वर रहेको छ । लय, शब्द, संगीत पुस्कलले नै भरेका छन् ।
गीतमा बैदेशीक रोजगारीमा जाँदा समस्यामा परेका छोरा र घरमा रहेकी आमा र श्रीमतीको कथालाई देखाइएको छ । धेरैसँगै भावुक बनाउने गीत सार्वजनिक गर्दै आएका पुस्कलले यसपटक पनि आफ्नै ‘प्याटन’को गीत सार्वजनिक गरेका हुन् । यसगीतबाट पनि आमदर्शक भावुक बन्ने देखिन्छ । ‘मेरो मनशाय दर्शकलाई रुवाउने होइन, तर दर्शकका मनमा भएका पिडा यो गीतको देखिसकेपछि आफ्नो पिडा भुल्नुहुनेछ भन्ने लाग्छ’, पुस्कलले भने । उनले दईबर्षपछि पत्रकार भेटघाटको आयोजना गरेका थिए । अधिकांश पत्रकारले मिडियासँग किन भाग्नुहुन्छ भन्ने प्रश्नमा केहि आफ्नो ब्यक्तिगत कुरा र केहि मिडियासँग चित्त दुखेकी कारण केहिसमय पर रहेको बताए । साथै उनले सधैं आफूलाई मिडियाको साथ चाहिने समेत बताए ।
उनको गीतको भिडियोमा पुस्कलसँगै सारिका केसी र हिउवाला गौतमको अभिनय रहेको छ । पुस्कलले नै निर्देशन गरेको भिडियो अजय रेग्मी र सुरेश श्रेष्ठले खिचेका हुन् भने दिपक बिष्टले सम्पादन गरेका हुन् ।
(भिडियो)
आर्टिष्ट खबर/ जेठ, काठमाडौं । लोकप्रिय गायक रामकृष्ण ढकालको आवाज
May 26, 2022
आर्टिष्ट खबर/ जेठ, काठमाडौं । पूर्वसचिव विद्यानाथ नेपालको पुस्तक
May 26, 2022
Artistkhabar.com © 2022. All Rights Reserved
Share your thoughts: