नवलपुरमा दोहोरी गीत प्रतिष्ठानको भब्य सांस्कृतिक कार्यक्रम

Posted on: October 29, 2018
आर्टिष्ट खबर/ कात्तिक, नवलपुर ।

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान जिल्ला कार्य समिति नवलपुरले एक सांस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ । केन्द्रिय भवन सहयोगगार्थ र जिल्ला भवन निर्माणको उद्देश्यमा बिजया दशमी र शुभ दिपावलीको अवसरमा गएको शनिवार (कात्तिक १०) आयोजीत ‘साँस्कृतिक उत्सव २०७५’मा दर्जन बढी राष्ट्रिय कलाकारले प्रस्तुती दिएका थिए ।


बिष्ण कार्कीको प्रमुख अतिथ्यतामा सम्पन्न कार्यक्रममा प्रतिष्ठानका केन्द्रिय अध्यक्ष बद्री पंगेनीले पनि आफ्नो प्रस्तुती दिएका थिए । साथमा गायक पशुपति शर्मा, दिपक खड्का, राजन गुरुङ, रमेशराज भट्टराईले पनि उपस्थित दर्शकलाई नँचाएका थिए । यस्तै गायिका उमादेवी खनाल, राशी रिजाल, दुर्गा सापकोटाm अर्जुन सापकोटा, भरत क्षेत्री, केशव पौडेल लगायतले आफ्नो प्रस्तुती दिएका थिए । 

प्रतिष्ठानका जिल्ला अध्यक्ष महेन्द्र रेग्मीको सभापतित्वमा सम्पन्न कार्यक्रममा दर्शकको बाक्लो उपस्थिती रहेको थियो  । कार्यक्रमको आर्टिष्ट खबर डटकम अनलाइन मिडिया पार्टनरको रुपमा रहेको थियो ।



Artist Khabar Media Pvt. Ltd.
Gongabu, Kathmandu
+977-9849953656, 9803082553,01-4387307
[email protected]