बिनु र बिशालको नयाँ भिडियोः ‘प्रतिबिम्ब तिम्रो’

Posted on: November 14, 2018
आर्टिष्ट खबर/ कात्तिक, काठमाडौं ।

मोडल बिनु शाक्य र बिशाल थापाको अभिनय रहेको नयाँ म्युजीक भिडियो सार्वजनिक गरिएको छ । संगीता राना प्रधानको स्वरमा रहेको ‘प्रतिबिम्ब तिम्रो’ बोलको गीतमा मिरा गजुरेलको शब्द रचना छ भने संगीत तथा संगीत संयोजन हरी लम्सालले गरेका छन् । भिडियो भने सुवास प्रधानले निर्देशन गरेका हुन् । भिडियो राम कुमार केसीले खिचेका हुन् ।

अहिलेसम्म १६ वटा म्युजीक भिडियोमा काम गरिसकेकी मोडल बिनुले यस गीत गर्दा निकै सहज भएको बताइन् । ‘मैले काम गर्दै जाँदा धेरै टिमसँग काम गरेँ, अहिले यो म्युजीक भिडियोको टिमसँग काम गर्दा धेरे सहज भयो’, बिनुले आर्टिष्ट खबरसँग कुरागर्दै भनिन् । अन्य केहि म्युजीक भिडियोको काम भइरहेको बिनुको भनाई छ ।

Music video:
Interview with model Binu Shakya:



Artist Khabar Media Pvt. Ltd.
Gongabu, Kathmandu
Editor:Gopi Krishna Chapagain
सूचना विभाग दर्ता नंः २६७४/०७७-०७८
Contact: +9779851279301
Email: [email protected]