‘मुलबाटो’ मा काउली बुढी

Posted on: December 02, 2018
आर्टिष्ट खबर / मंसिर काठमाडौं ।

चर्चित गायक खुमन अधिकारीसंगै पछील्लो समयकी एक बहुचर्चीत गायिका सन्ध्या बुढा ‘काउली बुढी’को स्वरमा ‘मुलबाटो’ बोलको गीत सार्वजनिक भयको छ । उक्त गीतलाई सर्जक बिष्णु न्यौपानेको लय तथा शब्दमा तयार पारिएको गीत हो ।

जसमा खुमन अधिकारी, सन्ध्या बुढा ‘काउली बुढी’को समधुर स्वर रहेको छ । सन्ध्या बुढा पछिल्लो समय निरन्तर गीतसंगीतमा लागी रहेकी छिन् । गीतको म्युजिक भिडियोतर्फ निर्देशन स्मृती तिमिल्सिनाको निर्देशन रहेको छ ।

जसमा महेन्द्र गौतम, ऋतु गिरी र रमा थपलियाको शसक्त अभिनय रहेको छ । उक्त म्युजिक भिडियोलाई सुरेश श्रेष्ठले छायांकन गरेका हुन् भने  प्रकाश धमलाले सम्पादन गरेका हुन् ।

video




Artist Khabar Media Pvt. Ltd.
Gongabu, Kathmandu
Editor:Gopi Krishna Chapagain
सूचना विभाग दर्ता नंः २६७४/०७७-०७८
Contact: +9779851279301
Email: [email protected]