आर्टिष्ट खबर/ असोज, काठमाडौं ।
लोक गायक नविन पौडेलले नयाँ गीत लिएर आएका छन् । ‘सुदूरपश्चिम घर मेरो’ बोलको गीतमा उनलाई गायिका सम्झना भण्डारीले साथ दिएकी छिन् । सुदूरपश्चिमका नौ वटै जिल्लामा रहेका पर्यटकीय क्षेत्रलाई समेटेर सो गीत तयार पारिएको छ ।
गीतको सुदूरपश्चिम प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री माया भट्टले धनगढीमा बिमोचन गरिन् । नौ वटै जिल्लाका पर्यटकीय स्थललाई समेटेर तयार पारिएको गीती एल्बम ‘सुदूरपश्चिम घर मेरो’ले पर्यटन प्रवद्र्धनमा टेवा पुुर्याउने विश्वास व्यक्त गर्दै मन्त्री भट्टले पाल्पामा जन्मेको कलाकारले सुदूरपश्चिम झल्किने गीत गाउनु तारिफयोग्य कार्य भएको बताइन् । गीतमा सुदूरको कला, सस्कृति, पर्यटन र भौगोलिक अवस्थाको चर्चा उनका गीतमा पाइन्छ । गायक नविनले सुदूरपश्चिममा मनोरम पर्यटकीय गन्तव्य रहेको र तीनैका प्रचारका लागि आफूले गीत गाएको बताए । उनले आफ्ना गीतबाट सुदूरको पर्यटनमा टेवा पुगोस भन्ने चाहेको बताए ।
उनले मेला महोत्सवहरुमा सहभागि हुन सुदूरपश्चिम आउँदा सुदूपश्चिमको कला सस्कृति, भेषभुषा र पर्यटकीय क्षेत्रले आफ्नो मन तानेकोले गीती एल्बम ‘सुदूरपश्चिम घर मेरो’ निकाले बताए । नविनले गाएका यसभन्दा अघिका थुप्रै गीत लोकप्रिय छन् ।
video:
आर्टिष्ट खबर/ माघ, काठमाडौं । नवगायिका बिनिता पौड्याल सुवेदिको पहिलो
January 16, 2021
आर्टिष्ट खबर/ माघ, काठमाडौं । नेपाली मोडलिंग क्षेत्रमा सयौं म्युजीक भ
January 14, 2021
Artistkhabar.com © 2017. All Rights Reserved
Share your thoughts: