
मंसिर, काठमाडौं ।
चलचित्र 'साइँली'को पहिलो गीत सार्वजनिक भएको छ। राजधानी स्थित आइतबार एक कार्यक्रमको आयोजना गर्दै नाच माया बोलको गीत सार्वजनिक गरिएको हो। उक्त गीतमा चर्चित गायक तथा संगितकार कालीप्रसाद बास्कोटा र सुशान्त गौतमले संगीत भरेका छन् भने गीत हेमन्त रानाले गाएका छन् । गीतको भिडियोमा चलचित्रका मुख्य कलाकारहरु गौरव पहारी, मेनुका प्रधान, दयाहाङ राई, मेनुका प्रधान, केनिपा सिंहको नृत्य देख्न सकिन्छ। उक्त भिडियोको नृत्य विक्रम स्वाँरले निर्देशन गरेका हुन् । भिडियोमा मेनुका र गौरवलाई एक जोडीके रुपमा देख्न सकिन्छ भने अर्को जोडीके रुपमा दयाहाङ र केनिपालाई देख्न सकिन्छ ।
जिएच इन्टरटेन्टमेन्टको व्यानरमा निर्माण भएको 'साइँली' रामबाबु गुरुङले गरेका हुन् चलचित्रमा गौरव, मेनुका, दयाहाङ र केनिपासँगै माओत्से गुरुङ, प्रकाश घिमिरे, अरुण कार्कीलगायतको मुख्य भुमिका रहेको छ । विशाल गुरुङ र मोहन थापा निर्माताका रुपमा रहेको चलचित्रमा हेमन्त राना र गौरव पहारीको लगानी रहेको छ। मणिराम पोखरेल कार्यकारी निर्माताका रुपमा रहेको चलचित्रमा विजय अवाले, विकाश पुजास र सुवेक्छा केसी सह निर्माताका रुपमा रहेका छन् । चैत १५ लाई प्रर्दशन मिति तोकिएको चलचित्रमा शैलेन्द्र डि.कार्कीको छायांकन तथा निमेष श्रेष्ठको सम्पादन रहेको छ।
video
आर्टिष्ट खबर/ जेठ, काठमाडौं । लोकप्रिय गायक रामकृष्ण ढकालको आवाज
May 26, 2022
आर्टिष्ट खबर/ जेठ, काठमाडौं । पूर्वसचिव विद्यानाथ नेपालको पुस्तक
May 26, 2022
Artistkhabar.com © 2022. All Rights Reserved
Share your thoughts: