
आर्टिष्ट खबर/ पुस, काठमाडौं ।
चर्चित संगीतकार दीपक शर्माको शब्द संगीत रहेको बहुचर्चित गीत 'पिरिम नलाउने'लाई २ करोड भ्यूज प्राप्त भएको छ । उक्त गीतले युट्युबमा २ करोड दर्शकको साथ पाएसँगै यसका गायक तथा मोडल आशिष सचिन र संगीतकार शर्मा खुशीले फुरुगं बनेका छन् । गीतका गायक तथा निर्माता आशिषले 'पिरिम नलाउने २' को पनि घोषणा गरिसकेका छन् ।
युट्युबमा मात्रै नभएर टिक टक, म्यूजिकल्ली र बाहिरि बजारमा पनि खुबै रुचाइएको यो गीतमा चर्चित नायिका वर्षा राउत र गायक आशिषको अभिनय रहेको छ । निकै रुचाइएको यो पिरिम नलाउनेको भिडियोलाई सुब्रत आचार्यले निर्देशन गरेका हुन् ।
यसअघि यो गीतले एक करोड दर्शक पाएसँगै राजधानीमा एक कार्यक्रमका बिच मनाइएको विशेष उत्सबमा 'पिरिम नलाउने'को टिमका साथै चर्चित कलाकारहरु तथा संगीत पारखीहरुले केक काटेका थिए ।
आर्टिष्ट खबर/ जेठ, काठमाडौं । लोकप्रिय गायक रामकृष्ण ढकालको आवाज
May 26, 2022
आर्टिष्ट खबर/ जेठ, काठमाडौं । पूर्वसचिव विद्यानाथ नेपालको पुस्तक
May 26, 2022
Artistkhabar.com © 2022. All Rights Reserved
Share your thoughts: