
आर्टिष्ट खबर/ माघ, काठमाडौं ।
'नेपाल आइडल सिजन १' को टप ६ बाट बाहिरीएका गायक सुरज थापाको मार्मिक गीत सार्वजनिक भएको छ । ‘आएन परदेशी’बोलको गीतको म्युजिक भिडियो मंगलबार गायक सुरज थापाको अफिसियल युटुब च्यानल मार्फत सार्वजनिक भएको हो ।
ग्रामिण परिवारको यथार्थ घटनालाई भिडियो मार्फत उतार्दै पहिलो पटक निर्देशनमा पाइला चालेका छन् । पहिलो पटक परिवारका सबै सदस्यलाई थापाले भिडियोमा उतारेका छन् । लाखौ बिदेशिएका नेपालीहरुको यथार्थ जीवनलाई चित्रण गर्दै गायक थापाले निर्देशकीय पाटो पनि अब्बल देखाएका छन् ्रगायक थापाकै गृह जिल्ला कोहलपुर चिसापानीको ग्रामिण भेगको रमणीय स्थलमा भिडियो छायांकन गरियको छ । भिडियोमा उत्तम हुमागाईंको छायांकन, बिकाश दाहालको सम्पदान र चन्द्र बहादुर थापाको कथा रहेको छ ।
भिडियोमा मन बहादुर थापा (बाबा), कबी राम थापा (जेठा बाबा), दिल माया थापा (आमा), चन्द्र बहादुर थापा (दाजु), तारा थापा (बहीनी), आरुशी परीयार , बाल कलाकारमा एन्जल थापा (भान्जी), मनन थापा (छोरा), गौरब थापा (भाई),जुनु थापा (छोरी), लगायतका कलाकार फिचर्ड रहेका छन् । सुरज थापाकै शब्द, संगीत तथा एरेज रहेको गीतमा धर्म गन्धर्वको सारंगी, किशन श्रेष्ठको मिक्सिंग रहेको गीतलाई अलिक केसीले रेकर्ड गरेका हुन ।
song:
आर्टिष्ट खबर/ जेठ, काठमाडौं । लोकप्रिय गायक रामकृष्ण ढकालको आवाज
May 26, 2022
आर्टिष्ट खबर/ जेठ, काठमाडौं । पूर्वसचिव विद्यानाथ नेपालको पुस्तक
May 26, 2022
Artistkhabar.com © 2022. All Rights Reserved
Share your thoughts: