
आर्टिष्ट खबर/ माघ, काठमाडौं ।
गायक महेश बुढाथोकीको आवाजमा फेरि पनि अर्को एउटा मिठो गीत सार्वजनिक भएको छ । कुनै समयको चर्चित गीत 'काफलगेडी कुटुक्कै' नसुन्ने सायदै कोही नहोलान् । 'कम्मर बारुलै'को चर्चा पनि आफ्नै ठाउँमा छ । यस्तै यस्तै खालका चर्चित गीत गाएर नेपाली लोक गीत संगीतमा राम्रो स्थान बनाएर एकाएक हराएका उनको स्वरमा रहेको 'माया नमार पथरी बजार' बोलको गीतको भिडियो सार्वजनिक भएको हो ।
नयाँ कलाकारहरुलाई हौसला दिदै पुराना कलाकारहरुलाई सम्मान र संरक्षण दिनु पर्छ भन्ने मुल मान्यताका साथ लगातार गीति भिडियोहरु सार्वजनिक गरि रहेको पुर्बेली जुनतारा म्युजिक प्रा.लि.को व्यवस्थापनमा सार्वजनिक भएको यस गीतमा शब्द तथा संगीत पनि गायक स्वयमकै रहेको छ । उज्जवल तामाङको छायाँकनमा सुमन तामाङले निर्देशन गरेको भिडियोमा दिनेश कोईराला र अञ्जु मगरले अभिनय गरेका छन् भने हेमन तामाङले भिडियोको सम्पादन गरेका छन्।
video:
आर्टिष्ट खबर/ जेठ, काठमाडौं । लोकप्रिय गायक रामकृष्ण ढकालको आवाज
May 26, 2022
आर्टिष्ट खबर/ जेठ, काठमाडौं । पूर्वसचिव विद्यानाथ नेपालको पुस्तक
May 26, 2022
Artistkhabar.com © 2022. All Rights Reserved
Share your thoughts: